तिब्बतसँगकाे तातोपानी नाका आजदेखि सञ्चालन हुने

काठमाडौं, कात्तिक १२ : चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि सञ्चालन हुने भएको छ।
कोरोना भाइरसको महामारीका कारण यो नाका बन्द रहेको थियो। असोज १९ गते खुलेपनि तीन जना नेपाली कर्मचारीमा कोरोना देखिएपछि अर्को दिन फेरि बन्द भएको थियो।
तिब्बतको वाणिज्य विभागले आजदेखि नाका खुल्ने जानकारी दिएको चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।
यसका लागि आज दुवै देशका अधिकारीको बैठक बस्न लागेको छ। बैठकमा कोरोना संक्रमण नियन्त्रणका विषयमा छलफल हुने जनाएको छ।
प्रकाशित मिति: १६:११ बजे, बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
