वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ
गुल्मी, कात्तिक ११ : गुल्मीमा जुवा लेखिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७...
गुल्मी, कात्तिक ११ : गुल्मीमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन पाण्डेसहित १२ जना पक्राउ परेका हुन्। वडाध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक पनि हुन्।
उनीहरुलाई रेसुङगा नगरपालिका ८ तम्घासस्थित एभरग्रीन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले बताए। जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो।
उनीहरुबाट ७० हजार रुपैयाँ पनि बरामद गरेको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।
प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)