Kathmandu Press

खुट्टा छिनिएकाे अवस्थामा भेटिए एक युवक

दाङ, कात्तिक ११ : दाङको तुलसीपुरमा एक युवक खुट्टा छिनिएको अवस्थामा भेटिएका छन्।तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका कुमार विक बायाँ खुट्टा छिनिएको अवस्थामा फेला परेका...
खुट्टा छिनिएकाे अवस्थामा भेटिए एक युवक

दाङ, कात्तिक ११ : दाङको तुलसीपुरमा एक युवक खुट्टा छिनिएको अवस्थामा भेटिएका छन्।

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका कुमार विक बायाँ खुट्टा छिनिएको अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बायाँ खुट्टा छिनिएका अवस्थामा फेला परेका छन्।

खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो।

प्रहरीका अनुसार अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ।  उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरीबीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ।

आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन। खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, कात्तिक ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्