Kathmandu Press

भक्तपुरको खःमेय् जात्रा सम्पन्न

भक्तपुरको खःमेय् जात्रा सम्पन्न

भक्तपुर, कात्तिक ९ : बडादशैँको नवौँ दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् ९रा“गो) जात्रा आज  बिहानै सम्पन्न गरेको छ। कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो।

धार्मिक, सा“स्कृतिक, र ऐतिहासिकरूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी जात्रा मनाइने परम्परा रहेको छ। महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा महिषासुरको वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप आज खःमेय् जात्रा मनाउने गरिएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए।
      
नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी  नवदुर्गा द्योःछे (देवगृह)बाट बाहिर निकाली दौडाएर ब्राह्मायणी पीठसम्म पुर्याइन्छ। 

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्