Kathmandu Press

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापा, कात्तिक ९ : झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ। विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान...
पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापा, कात्तिक ९ : झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ। विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उनको निधन भएको हो। उनलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो। 

प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो। पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो। 

उनी २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए। उनी अविवाहित थिए। कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय थिए।

प्रकाशित मिति: २०:१५ बजे, आइतबार, कात्तिक ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्