नेपालका दुई हिमाल चढेर स्वदेश फर्कियो बहराइनी राजकुमारको टोली
काठमाडौं, कात्तिक ७ : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन्। मनास्लु र लुवुचो हिमालको सफल आरोहणपछि उनी शुक्रबार स्वदेश...
काठमाडौं, कात्तिक ७ : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन्। मनास्लु र लुवुचो हिमालको सफल आरोहणपछि उनी शुक्रबार स्वदेश फर्किएका हुन्।
राजकुमार खलिफाको १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेका थिए। टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो।
राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमै बस्न मन लागेको प्रतिक्रिया दिएका थिए।
राजकुमार खलिफाले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो।’
राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका हुन्।
प्रकाशित मिति: २१:१३ बजे, शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











