Kathmandu Press

वीरगञ्ज केमिकल भण्डारको आगलागी नियन्त्रणबाहिर, बस्तीमा फैलिने त्रास  

वीरगञ्ज, वैशाख १७ : औद्योगिक सहर वीरगञ्जको एउटा केमिकल भण्डारमा आज साँझ ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आएको छैन। पर्सा र बाराका वारुण यन्त्र....

 वीरगञ्ज केमिकल भण्डारको आगलागी नियन्त्रणबाहिर, बस्तीमा फैलिने त्रास  
जियालाल साह

वीरगञ्ज, वैशाख १७ : औद्योगिक सहर वीरगञ्जको एउटा केमिकल भण्डारमा आज साँझ ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आएको छैन। पर्सा र बाराका वारुण यन्त्रहरूले नपुगेर सीमापारिको भारतीय सहर रक्सौलबाट पनि दमकल बोलाइएको छ। तर, आगो निभ्नुको सट्टा बस्तीमा फैलिने खतरा बढेकाे छ। स्ठानीय वासिन्दाहरु त्रस्त छन्। 

वीरगञ्जस्थित श्रीपुर नेशनल ट्रेडिङको केमिकल भण्डारमा आगो लागेको हो। थोक रुपमा पेन्ट बिक्री गर्ने यो पसलमा सल्किएको आगोले केमिकल भण्डार छोएपछि अनियन्त्रित रुप लिएको हो। विगत ६ घण्टादेखि वारुण यन्त्र, प्रहरी र स्थानीय वासिन्दाहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। 

Hardik ivf

वीरगञ्ज महानगरपालिकाको दमकलले आगो निभाउन नसकेपछि बाराको महागढीमाई नगरपालिका र अमलेखगंज डिपोबाट समेत बारुण यन्त्र मगाइएको थियो। आगो अझै ननिभेपछि रक्सौलबाट पनि दमक ल्याइएको तर आगो अझै नियन्त्रणबाहिर रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले काठमाडौं प्रेसलाई बताए।

केही साता अघिदेखि वीरगञ्ज सहरमा गर्मी ह्वात्तै बढेको छ। दिउँसो तातो हावा चल्छ। यसले गर्दा पनि आगो झन् फैलिएको हो। पेन्ट र विभिन्न किसिमका केमिकलहरू भण्डार गरिएको घरको मूलद्वारमै आगो लागिरहेकोले भित्र छिरेर निभाउन सक्ने अवस्था छैन। वरपरका वासिन्दाहरू आफ्नो घरमा समेत आगो आइपुग्ने त्रासमा छन्। 

आगलागी कसरी सुरु भएको हो भन्ने यकिन भइसकेको छैन। अहिलेसम्म कति धनमाल क्षति भइसक्यो भन्ने पनि यकिन भइसकेको छैन।  


 

प्रकाशित मिति: २३:१४ बजे, मंगलबार, वैशाख १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्