Kathmandu Press

हेटौँडामा फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर, कात्तिक ६ : कोरोना संक्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ।  सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे...
हेटौँडामा फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर, कात्तिक ६ : कोरोना संक्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ।  सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्लाका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुर गढीलगायत शक्तिपीठमा नित्य पूजाआजा मात्र गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणको भीड हुन नदिन प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २३:०२ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्