Kathmandu Press

नक्कली नोटसहित एक पक्राउ

चितवन, कात्तिक ६ : जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रुपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको...
नक्कली नोटसहित एक पक्राउ

चितवन, कात्तिक ६ : जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रुपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन्।

नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मंगलबार उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्दा लोप्चनको साथबाट एक हजार रुपैयाँको १२ थान नक्कली नोट बरामद गरिएको थियो। उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको एक हजार रुपैयाँ र बर्तौला किराना पसलमा तिरेको छ हजार रुपैयाँसमेत नक्कली रहेको प्रहरीले जनाएको छ।

बाँकी रकम घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार उनको घरबाट तीन लाख दुई हजार रुपैयाँ बरामद गरिएको थियो। लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। यस कसूरमा १० वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए।

प्रकाशित मिति: २२:५८ बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्