Kathmandu Press

कोरोना संक्रमणबाट रुपन्देही र सुनसरीमा दुईको मृत्यु

काठमाडौं, कात्तिक ६ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देही र सुनसरीमा थप एक एक जनाको मृत्यु भएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको...
कोरोना संक्रमणबाट रुपन्देही र सुनसरीमा दुईको मृत्यु

काठमाडौं, कात्तिक ६ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देही र सुनसरीमा थप एक एक जनाको मृत्यु भएको छ। 

रुपन्देहीको कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कात्तिक ४ गते अस्पताल भर्ना भएकी महिलामा आजमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१८ का ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको पउनी कात्तिक ३ गते मात्र अस्पताल भर्ना भएका थिए।
 

प्रकाशित मिति: २२:५० बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्