Kathmandu Press

शत्रुघन र सोनाक्षीले ल्याए दर्जनौ कलाकारको एउटै गीत

काठमाडौं, कात्तिक ६ : बलिउड अभिनेता शत्रुघन सिन्हा र अभिनेत्री सोनाक्षी सिन्हाले दर्जनौं कलाकार समेटेर ल्याएको गीत जरुरत भाइरल बनेको छ।एक अर्कालाई सहयोग...
शत्रुघन र सोनाक्षीले ल्याए दर्जनौ कलाकारको एउटै गीत

काठमाडौं, कात्तिक ६ : बलिउड अभिनेता शत्रुघन सिन्हा र अभिनेत्री सोनाक्षी सिन्हाले दर्जनौं कलाकार समेटेर ल्याएको गीत 'जरुरत' भाइरल बनेको छ।

एक अर्कालाई सहयोग गर्न प्रेरित गर्न यो गीतलाई धेरैले मन पराएका छन्। बियोन्ड म्युजिकको युट्युब च्यानलमा सार्वजनिक गरिएको यस गीतलाई ३६ लाखभन्दा बढीले हेरिसकेका छन्।

वरुण प्रभुदयाल गुप्ताको निर्देशन रहेको यसको निर्माण गुप्तासँगै शुभाष बिहानी, विरल मोतानी, पाक्खी हेग्डे र मनोज लखियानीले गरेका हुन्। शत्रुघन र सोनाक्षीको न्यारेसन रहेको गीतमा नेपाली गायिका आनी छोइङ डोल्ना पनि रहेकी छन्।

 

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्