मंसिर ८ गतेदेखि सिटीईभिटीको परीक्षा सुरु
काठमाडौं, कात्तिक ६ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले मंसिर ८ गतेबाट परीक्षा सुरु गर्ने भएको छ। कोरोना भाइरसको कारण स्थगित...
काठमाडौं, कात्तिक ६ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले मंसिर ८ गतेबाट परीक्षा सुरु गर्ने भएको छ। कोरोना भाइरसको कारण स्थगित भएको परीक्षा डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा गर्ने भएको हो।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दे पूर्व निर्धारित केन्द्रहरुमै परीक्षा गर्ने सिटीइभिटीले जनाएको छ ।
त्यस्तै, डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने कात्तिक २२ गते हुने भएको छ।
कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने भएको छ।
परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ।











