Kathmandu Press

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, कात्तिक ६ : शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै...
साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, कात्तिक ६ : शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन्।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताए। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ। 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्