Kathmandu Press

बडादशैँको छैठौँ दिन, कात्यायनी माताको पूजा गरिदैं 

काठमाडौं, कात्तिक ६ : नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजको दिन कात्यायनी...
बडादशैँको छैठौँ दिन, कात्यायनी माताको पूजा गरिदैं 

काठमाडौं, कात्तिक ६ : नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास रहँदै आएको छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ। 

दशैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपको पूजा गरिदैँ आएको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । 

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्