उपराष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान
काठमाडौं, कात्तिक ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गरेका छन्।उनले...
काठमाडौं, कात्तिक ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गरेका छन्।
उनले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गरेको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए। उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेका छन्।
प्रकाशित मिति: ०१:४८ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











