Kathmandu Press

मानव अधिकार आयोग दसैंमा पनि खुल्ला रहने

काठमाडौं, कात्तिक ५ : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन्। दसैं विदामा पनि मानव अधिकार उल्लंघनका...
मानव अधिकार आयोग दसैंमा पनि खुल्ला रहने

काठमाडौं, कात्तिक ५ : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन्। 

दसैं विदामा पनि मानव अधिकार उल्लंघनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ। आयोगले दसैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

प्रकाशित मिति: ०१:०० बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्