Kathmandu Press

दसैंमा पनि कोभिड अस्पताल खुल्ला रहने

काठमाडौं, कात्तिक ५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा पनि कोभिड अस्पताल खुल्ला रहने जनाएको छ। प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई...
दसैंमा पनि कोभिड अस्पताल खुल्ला रहने

काठमाडौं, कात्तिक ५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा पनि कोभिड अस्पताल खुल्ला रहने जनाएको छ। प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दसैं पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए।

गत चौबीस घन्टामा नयाँ कोरोना संक्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्किएका छन्। हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ। 

आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुई हजार ३९१, भक्तपुर १७३ र ललितपुरमा ५४३ रहेको जानकारी दिए। हाल क्वारेन्टाइनमा चार हजार ६५ छन्। 

गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको  छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ। सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ।

प्रकाशित मिति: ००:१९ बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्