Kathmandu Press

अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, कात्तिक ५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय...
अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, कात्तिक ५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायतका विषयमा छलफल भएको थियो। 

भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकी सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। 

राजदूत बेरीले  पौडेललाई पुनःअर्थमन्त्री भएकोमा बधाई दिँँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
 

प्रकाशित मिति: २३:४५ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्