Kathmandu Press

एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

काठमाडाैं, वैशाख १६ : त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

काठमाडाैं, वैशाख १६ : त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

लगनखेलस्थित आर्मी कर्भडहलमा मंगलबार भएको फाइलन भिडन्तमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि उचालेको हो। उपाधिसँगै एपीएफले दुई लाख प्राप्त गर्‍यो। उपविजेतामा सीमित आर्मीले एक लाख रूपैयाँमा चित्त बुझाउन बाध्य भयो। एपीएफले आर्मीलाई पहिलो सेट २५–२४, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले पराजित गरेको थियो।

त्यस्तै, प्रतियोगितामा न्यू डायमण्ड एकेडेमीले तेस्रो स्थानमा हासिल गर्‍यो। उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
न्यू डायमण्डले पुलिसलाई २५–२२, २५–१८ र २५–२२ को सेटमा पराजित गर्‍यो। तेस्रो भएको न्यू डायमण्डले ५० हजार रूपैयाँ प्राप्त गर्‍यो। प्रतियोगितामा एपीएफकी स्पाइकर सरस्वती चौधरी सर्वोकृष्ट खेलाडी चुनिइन्। उपाधिसहित उनले १५ हजार र ट्रफी प्राप्त गरिन्। 

न्यू डायमण्ड एकेडमीकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर, एपीएफकी कप्तान विनिता बुढाथोकी उत्कृष्ट लिफ्टर, एपीएफकी मनिषा तामाङ उत्कृष्ट डिफेन्ड, आर्मीकी सुनिता खड्का उत्कृष्ट क्वीकर र आर्मीकी सोफिया पुन उत्कृष्ट सर्भर घोषित भए।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, वैशाख १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्