Kathmandu Press

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, कात्तिक ५ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो...
नेप्सेमा दोहोरो अंकको वृद्धि
फाइल तस्वीर।

काठमाडौं, कात्तिक ५ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबार पनि दोहोरो अंकले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ। कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ। होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ। यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ।

स्टकका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको २४ करोड २९ लाख ५७ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै, कुमारी बैंक आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर ६ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक चार करोड १० लाख १४ हजार ८७१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा पुगेको छ।

कारोबारका आधारमा बुधबार जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए। त्यस्तै, नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले  ४.१२ प्रतिशतले गुमाए। रासस

प्रकाशित मिति: २२:३९ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्