Kathmandu Press

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कात्तिक ५ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण...
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
फाइल तस्वीर।

पोखरा, कात्तिक ५ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

थपिएका नयाँ संक्रमित नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १५, तनहुँका दुई र गोरखाका एक जना छन्। 

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १०५ पुगेको छ। 

प्रकाशित मिति: २१:०४ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्