Kathmandu Press

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा हुने

काठमाडाैं, वैशाख १७ : दक्षिण एशियाली फुटबल महासंघ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। मंगलबार बसेको दक्षिण एशियाली फुटबल....

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा हुने

काठमाडाैं, वैशाख १७ : दक्षिण एशियाली फुटबल महासंघ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। मंगलबार बसेको दक्षिण एशियाली फुटबल महासंघको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौंमा हुनेछ। बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ।

महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ। नयाँ नेतृत्वको चयनसँगै साफको पहिलो साधारणसभाको बैठक काठमाडौंमा बसेको हो। यसअघि साधारणसभा श्रीलंकाको कोलम्बोमा बस्ने तय भएको थियो। तर, कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौंमा सारिएको हो।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, वैशाख १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्