Kathmandu Press

कोरोना कोषमा राष्ट्रपतिले जम्मा गरिदिइन् दुई महिनाको पारिश्रमिक

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको...
कोरोना कोषमा राष्ट्रपतिले जम्मा गरिदिइन् दुई महिनाको पारिश्रमिक

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्