Kathmandu Press

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना बुटवलबाट पक्राउ

काठमाडौं, कात्तिक ५ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। प्रहरीले निरज राना मगरलाई बुधबार बुटवलबाट पक्राउ...
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना बुटवलबाट पक्राउ

काठमाडौं, कात्तिक ५ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। 

प्रहरीले निरज राना मगरलाई बुधबार बुटवलबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

यसअघि उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई पक्राउ गरिसकेको छ। 

त्रिवि परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि गत असोज २० गते आक्रमण भएको थियो।

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्