Kathmandu Press

जापानी राजा आकिहितोले त्यागे गद्दी, ‘हेइसी’ युगको अन्त्य

टोकियो, वैशाख १७ : जापानी राजा आकिहितोले जापानको राजगद्दी त्यागेका छन्। आकिहितोले मंगलबार गद्दी त्यागेसँगै जापानमा चलिरहेको ‘हेइसी’ युगको ....

जापानी राजा आकिहितोले त्यागे गद्दी, ‘हेइसी’ युगको अन्त्य
फाइल फोटो

टोकियो, वैशाख १७ : जापानी राजा आकिहितोले जापानको राजगद्दी त्यागेका छन्। आकिहितोले मंगलबार गद्दी त्यागेसँगै जापानमा चलिरहेको ‘हेइसी’ युगको अन्त्य पनि भएको छ।

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको हो। विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको  राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो। गद्दी त्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गरेका छन्। 

८५ वर्षीय आकिहितोले केही वर्ष अघिदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए। मे  १ अर्थात भोलिबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्ने छन्।  मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुनेछ। 

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, वैशाख १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्