Kathmandu Press

भारतमा अलपत्र परेका १८ बालकको उद्धार

कावासोती, कात्तिक ५ : भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ।आफन्त नेपाल संस्थाले भारतीय प्रहरीको समन्वयमा उनीहरुलाई...
भारतमा अलपत्र परेका १८ बालकको उद्धार

कावासोती, कात्तिक ५ : भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ।

आफन्त नेपाल संस्थाले भारतीय प्रहरीको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको हो। उद्धार गरिएका बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्।

वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले बताए।

उनका अनुसार रोजगारीका लागि लगिएका बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो। उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन्।

उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। (रासस)

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्