Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

धरान, कात्तिक ५ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ।गएराति सुनसरीको गढी गाउँपालिका–४ की ५५...
धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

धरान, कात्तिक ५ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ।

गएराति सुनसरीको गढी गाउँपालिका–४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको उपचारका क्रममै मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

कोरोना संक्रमण भएपछि उनी मंगलबार अस्पताल भर्ना भएकी थिइन्।  उनलाई उच्च रक्तचापको समस्या रहेको डा. श्रेष्ठले बताए।

 

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्