कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, कात्तिक ४ : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार...
काठमाडौं, कात्तिक ४ : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो।
असोज ३० गते अस्पताल भर्ना भएकी महिलामा ज्वरो आउने र खोकी लाग्ने समस्या रहेको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई आइसियूमा रखेर उपचार गरिदैँ आएको थियो।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।
प्रकाशित मिति: २२:३३ बजे, मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











