Kathmandu Press

कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु 

काठमाडौं, कात्तिक ४ : रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष...
कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु 
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक ४ : रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो। ती महिला मधुमेहकी दीर्घरोगी रहेको अस्पतालले जनाएको छ। 

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको  छ। 

प्रकाशित मिति: २१:४९ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्