दशैंको सुरुआतमा पनि सुनको मूल्य स्थिर
काठमाडौं, कात्तिक ४ : चाडपर्व सुरु भएसँगै सुनको कारोबार र मूल्य बढ्ने गरेको भएपनि यस वर्ष भने स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी संघका...
काठमाडौं, कात्तिक ४ : चाडपर्व सुरु भएसँगै सुनको कारोबार र मूल्य बढ्ने गरेको भएपनि यस वर्ष भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार केही दिनदेखि सुनको मूल्य स्थिर रहेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार सात सय पुगेको छ।
सोमबार पनि यहि मूल्यमा रहेको थियो। आइतबार पनि यहि मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तीन दिनदेखि स्थिर छ। आइतबारदेखि आजसम्म प्रतितोला ९४ हजार दुई सयमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य १० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको छ। सोमबार एक हजार दुई सयमा कारोबार भएको थियो।
प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)








-1764753058.png)