Kathmandu Press

शिक्षा मन्त्रालयले भन्यो- कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रबाट लागू हुन्छ

काठमाडौं‌, कात्तिक ३ :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको...
शिक्षा मन्त्रालयले भन्यो- कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रबाट लागू हुन्छ

काठमाडौं‌, कात्तिक ३ :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको छ।

सोमबार मन्त्रालयले सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट पारेको हो। निजी विद्यालय तथा उच्चशिक्षालय संघ (हिसान) लगायतले असहमति जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएको थियो। 

मन्त्रालयका उपसचिव विदुरराज गिरीले विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने बताएका छन्। 

नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ। मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ। नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ। पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ। रासस
 

प्रकाशित मिति: ००:५१ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्