Kathmandu Press

चितवनमा नवलपरासीकी कोरोना संक्रमित वृद्धाको मृत्यु

भरतपुर, कात्तिक ३ : चितवनमा उपचाररत नवलपरासी (बर्दघाट सुस्त पूर्व) की कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्त पूर्व) को देउचुली नगरपालिका–११...
चितवनमा नवलपरासीकी कोरोना संक्रमित वृद्धाको मृत्यु
सांकेतिक तस्वीर।

भरतपुर, कात्तिक ३ : चितवनमा उपचाररत नवलपरासी (बर्दघाट सुस्त पूर्व) की कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ। 

नवलपरासी (बर्दघाट सुस्त पूर्व) को देउचुली नगरपालिका–११ की ७५ वर्षीया वृद्धाको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा सोमबार मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। 

उनका अनुसार ती वृद्धाको सोमबार साढे २ बजे मृत्यु भएको हो। असोज २७ गते अस्पतालमा भर्ना भएकी ती वृद्धामा असोज ३० गते कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति: ००:२४ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्