उच्च अदालत दिपायलका १८ जना कर्मचारीमा कोरोना संक्रमण
दिपायल, कात्तिक ३ : उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा...
दिपायल, कात्तिक ३ : उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। असोज २६ गते उच्च अदालतमा कार्यरत कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो।
सोमबार आएको रिपोर्टमा अदालतका १८ कर्मचारीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
प्रकाशित मिति: ००:२२ बजे, मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











