प्रदेश १ मा थपिए ३३२ जना कोरोना संक्रमित
विराटनगर, कात्तिक ३ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सोमबार गरिएको परीक्षणमा प्रदेश १ मा ३३२...
विराटनगर, कात्तिक ३ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा प्रदेश १ मा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १३२ महिला र २०० पुरुष रहेका छन्।
थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै, सोमबार ४६५ जना डिस्चार्ज भएका छन्।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ। तीमध्ये अहिलेसम्ममा ६ हजार ३९ जना निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति: २३:४३ बजे, सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











