Kathmandu Press

लोकसेवा आयोगले स्थगित गर्‍यो कात्तिक १६ देखि हुने सबै लिखित परीक्षा 

काठमाडौं, कात्तिक ३ : लोकसेवा आयोगले कात्तिक १६ देखि लिने तय भएका सबै लिखित परीक्षा स्थगित भएका छन्। आयोगले सोमबार विज्ञप्ति जारी गरी अर्को...
लोकसेवा आयोगले स्थगित गर्‍यो कात्तिक १६ देखि हुने सबै लिखित परीक्षा 

काठमाडौं, कात्तिक ३ : लोकसेवा आयोगले कात्तिक १६ देखि लिने तय भएका सबै लिखित परीक्षा स्थगित भएका छन्। 

आयोगले सोमबार विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।  कोरोना महामारीका कारण सबै उम्मेदवारहरु परीक्षामा सहभागी हुन पाउने अवस्था नभएको र आयोगका कर्मचारीमा समेत कोरोना पुष्टि भएकाले परीक्षा स्थगित गर्नु परेको आयोगले जनाएको छ। 

यसअघि लोकसेवा आयोगले कोरोना संक्रमित उम्मेदवारबाहेकको परीक्षा लिने निर्णय गरेपछि सर्वोच्च अदालतले सबै परीक्षार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन आदेश दिएको थियो।

हेर्नुस विज्ञप्ति :

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्