Kathmandu Press

मदिरा सेवन गरेर गाउँपालिकाको गाडी तोडफोड

सिमकोट, कात्तिक ३ : मदिरा सेवन गरेर एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्।बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिरा...
मदिरा सेवन गरेर गाउँपालिकाको गाडी तोडफोड

सिमकोट, कात्तिक ३ : मदिरा सेवन गरेर एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्।

बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिरा सेवन गरेर शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले बताइन्। लक्ष्मणले पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेका हुन्।

गाडी ताँजाकोट गाउँपालिका २ महिला खोलामा पार्किङ गरेर राखिएको थियो। उनले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएको जनाएको छ।

गाउँपालिका तथा जनप्रतिनिधिसँग उनको कुनै रीसइबी र चिनजानसमेत नभएको तर सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्