Kathmandu Press

प्रतिकिलो ५६० रूपैयाँमा खसीबोका बिक्री

काठमाडौं, कात्तिक २ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रूपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ। दाङ र मकवानपुरको...
प्रतिकिलो ५६० रूपैयाँमा खसीबोका बिक्री

काठमाडौं, कात्तिक २ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रूपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ। दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादसैंका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश रूपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए। उनका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण सुरु हुनेछ। प्रतिकिलो ५५० रूपैयाँका दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो दश रूपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५  खसीबोका काठमाडौँ आइपुगेको छ। यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार  खसीबोका ल्याउने तयारी गरेको छ।

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ।

प्रकाशित मिति: ००:३६ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्