Kathmandu Press

एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

काठमाडाैं, कात्तिक २ : नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल...
एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

काठमाडाैं, कात्तिक २ : नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ। बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रूपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रूपैयाँ नयाँ हो। 

केन्द्रीय बैंकका अनुसार चार अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ। 

प्रकाशित मिति: २३:१६ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्