नेप्सेमा साढे पाँच अंकको गिरावट
काठमाडौं, कात्तिक २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। साताको पहिलो दिन आज कारोबार मापक नेप्से...
काठमाडौं, कात्तिक २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ।
यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर ३०८.२७ मा पुगेको छ। कूल १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ। व्यापार १३.२ र निर्जीवन बीमा ३१.५८ विन्दुले बढेको छ।
यस्तै, बैंकिङ ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, वित्त १.६, उत्पादन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३, जीवन बीमा १८.९८ र सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ।
कारोबारका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रहे। सो बैंकको २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै, पुनर्बीमा कम्पनी चार करोड ७६ लाख ५२ लाख ७९७ रुपैयाँ, आइसिएफसी फाइनान्स तीन करोड ९५ लाख ३९ हजार ४६८ रुपैयाँ, नागरिक लगानी कोष तीन करोड ९५ लाख २६ हजार ९४५ रुपैयाँ, नेपाल बैंक लिमिटेड तीन करोड ५२ लाख ५० हजार ४३ रुपैयाँ र अरुण भ्याली हाइड्रोपावर तीन करोड ४० लाख चार हजार ९३० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।
यस्तै, कारोबारका आधारमा जनरल इन्सुरेन्स ९.८७, आइसिएफसी फाइनान्स ५.२६, नेपाल ल्युब आयल ४.७४, गुराँस लघुवित्त वित्तीय संस्था ४.१६, प्रोगेसिभ फाइनान्स ३.९१ र हिमालय बैंकको संस्थापक शेयरधनीले ३.४५ प्रतिशतले कमाए।
त्यस्तै, रैराङ हाइड्रोपावर ७.५४, नेपाल फाइनान्स ६.२९, अरुण भ्याली हाइड्रोपावर ५.१७, घलेम्दी हाइड्रो ४.२४, समृद्धि फाइनान्स ३.५७ गुह्यश्वरी फाइनान्स ३.४३, बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.३७ प्रतिशतले गुमाए।










-1754206481.jpg)
