कोरोना संक्रमणबाट कास्कीमा थप एकको मृत्यु
काठमाडौं, कात्तिक २ : कोरोना संक्रमणको कारण कास्कीमा एक महिलाको मृत्यु भएको छ।
पोखरा– ९ की ७० वर्षीया महिलाको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो।
मृतकमा उच्च रक्तचाप र निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
प्रकाशित मिति: २१:४५ बजे, आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











