Kathmandu Press

गण्डकी प्रदेशमा पाँच हजार ६८५ कोरोना संक्रमित

गण्डकी, कात्तिक २ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ६८५ पुगेको छ। प्रदेशमा आज थप ५२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको...
गण्डकी प्रदेशमा पाँच हजार ६८५ कोरोना संक्रमित

गण्डकी, कात्तिक २ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ६८५ पुगेको छ। प्रदेशमा आज थप ५२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६८५ पुगेको हो।

संक्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ। 

कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन्।

प्रकाशित मिति: २१:३२ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्