Kathmandu Press

सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

धरान, कात्तिक २ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैय्या अभाव भएपछि घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ। उनमा...
सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

काठमाडौं, कात्तिक २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन्।

मन्त्री निवास पुल्चोकमा महासंघका पदाधिकारीसँग आज भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि स्पष्ट पनरे।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासंघको धारणा प्रस्तुत गरिएको जानकारी दिए। कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशीताको कार्यान्वयन गर्न आग्रह गरेको थियो। 

मन्त्री गुरुङले असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
 

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्