Kathmandu Press

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा

काठमाडौं, कात्तिक २ : कोरोना भाइरसको संक्रममण देखिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखिएको छ।अध्यक्ष थापालाई गएराति ओम अस्पतालको आइसियूमा भर्ना...
राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा

काठमाडौं, कात्तिक २ : कोरोना भाइरसको संक्रममण देखिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखिएको छ।

अध्यक्ष थापालाई गएराति ओम अस्पतालको आइसियूमा भर्ना गरिएको जनाएको छ। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ।

त्यस्तै, अध्यक्ष थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्