Kathmandu Press

सिरहामा आइसोलेसनबाटै फरार भएका थुनुवा पक्राउ

काठमाडौं, कात्तिक १ :  सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ परेको छ।चोरी मुद्दामा कैद सजाय...
सिरहामा आइसोलेसनबाटै फरार भएका थुनुवा पक्राउ
फाइल तस्वीर।

काठमाडौं, कात्तिक १ :  सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ परेको छ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए। उनलाई लहान नगरपालिका–१९ बाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनी त्यहीँबाट फरार भएका थिए। 

प्रकाशित मिति: २२:३९ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्