Kathmandu Press

स्याङ्जामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

भिरकोट, कात्तिक १ : स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।शनिबार ग १ त ५६३७...
स्याङ्जामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

भिरकोट, कात्तिक १ : स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

शनिबार ग १ त ५६३७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर भिरकोट नगरपालिका–३ साम्दीमा पल्टिँदा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको हो।

ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

दुर्घटनामा परी घाइते भएका भिरकोट–३ का १७ वर्षीय सुनिल रिजालको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २१:४५ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्