Kathmandu Press

रुपन्देहीमा गुल्मीकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल, कात्तिक १ : रुपन्देहीको बुटवलमा उपचाररत गुल्मीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–३, तम्घासकी ५३ वर्षीया महिलाको उपचारका क्रममा बुटवल धागो...
रुपन्देहीमा गुल्मीकी कोरोना संक्रमित महिलाको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल, कात्तिक १ : रुपन्देहीको बुटवलमा उपचाररत गुल्मीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

रेसुंगा नगरपालिका–३, तम्घासकी ५३ वर्षीया महिलाको उपचारका क्रममा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार (हिजो) अस्पताल भर्ना भएकी ती महिलाको गएराति नै मृत्यु भएको गौतमले बताए। योसँगै गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
 

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्