Kathmandu Press

गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशीलता तालिम दिन्छौंँ : मन्त्री अर्याल

काठमाडौं, कात्तिक १ :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारण गर्न माग र रुचीमा आधारिक उद्यमशीलता तालिम दिइने...
गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशीलता तालिम दिन्छौंँ : मन्त्री अर्याल
मन्त्री पद्मा अर्याल।

काठमाडौं, कात्तिक १ :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारण गर्न माग र रुचीमा आधारिक उद्यमशीलता तालिम दिइने बताएकी छिन्।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले गरिबी निवारणका लागि जनस्तरमा उठेको मागमा आधारित सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिने बताएकी हुन्।

गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरुको जीवनस्तरमाथि उकास्न एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गरिने बताइन्।

‘गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ। उनीहरुलाई चाहिएको के हो? रुची केमा छ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ,’उनले भनिन्।

अहिलेपनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नु पर्ने बताइन्।

सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्ग दर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गरिने बताइन्।

‘विभिन्न निकायहरुबाट सञ्चालित गरिबी निवारणका कार्यक्रमहरुलाई गरिबमुखी बनाई समन्वयात्मक ढङ्गबाट सञ्चालनमा ल्याउन गरिब परिवार पहिचान हुन आवश्यक हुने विषयलाई ध्यानमा राखी आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढेको छ’, मन्त्री अर्यालले भनिन्।
 

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्