लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चौधरीलाई कोरोना संक्रमण
बुटवल, कात्तिक १ : लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।सामान्य रुघा लागेपछि गरिएको पीसीआर...
बुटवल, कात्तिक १ : लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
सामान्य रुघा लागेपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो। मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस संक्रमण देखिएको मन्त्री चौधरीले जानकारी दिए। उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन्।
यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यसहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिए।
प्रकाशित मिति: १६:२९ बजे, शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











