Kathmandu Press

जनताका समस्याप्रति सरकार बेखबर : देउवा

काठमाडौं, असोज ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताका पिरमर्काप्रति सरकार बेखबर रहेको बताएका छन्।कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत...
जनताका समस्याप्रति सरकार बेखबर : देउवा

काठमाडौं, असोज ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताका पिरमर्काप्रति सरकार बेखबर रहेको बताएका छन्।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको कोभिड-१९ अनुगमन समितिले तयार पारेको अनुगमन प्रतिवेदन शुक्रबार बुझ्दै सभापति देउवाले जनताका पीर मर्काप्रति सरकार बेखबर रहेको बताएका हुन्।

सभापति देउवाले कोरोना महामारी फैलिरहेको भएपनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको आरोप लगाए। 

उनले अब विशेष संसद बोलाएर कोरोना महामारीका विषयमा छलफल गर्नु पर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनले कोरोना संक्रमण काबु बाहिर जान नदिन संसदमा गम्भीर छलफल गर्नु पर्ने बताए।
 

प्रकाशित मिति: ०१:५४ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्