Kathmandu Press

गाउँपालिका अध्यक्ष विष्टलाई कुटपिट गर्नेमाथि कारवाही गर्न कांग्रेसको माग

गाउँपालिका अध्यक्ष विष्टलाई कुटपिट गर्नेमाथि कारवाही गर्न कांग्रेसको माग

काठमाडौं, असोज ३० :  नेपाली कांग्रेसले पार्टीका बैतडी जिल्ला सचिव तथा सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको जनाएका छन्।
 
गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। 
 

प्रकाशित मिति: ०१:१५ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्